ताजा समाचार

पोखरीमा डुबे दुई छोरी, उद्दारमा गएकी आमाको पनि मृत्यु

मोरङ । मोरङको ग्रामथानमा पोखरीमा डुबेर ३ जनाको मृत्यु भएको छ । माछा पालेको पोखरीमा १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका डुबेपछि उद्दारमा गएकी ३५ वर्षीया आमा सीता अधिकारीको पनि मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले छोरीहरुले माछालाई चारो हाल्ने क्रममा डुबेका र उनीहरुलाई निकाल्न पोखरीमा पुगेकी सीताको पनि मृत्यु भएको जानकारी दिए ।

ग्रामथान गाउँपालिका अध्यक्ष शिवनारायण माझीले हिजो बेलुकी घरमा नभेटिएपछि खोज्ने क्रममा तीनैजनाको शव पोखरीमा फेला परेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *