ताजा समाचार

खेलकुद विभाग प्रमुख बस्नेतको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभाग र विश्वविद्यालय खेलकुद संघको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम खेलकुद विभागको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा भएको हो ।

नेपाली कांग्रेसका संस्थापक नेता एव त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति शुवर्ण शमशेर राणाकाे  संझनामा संयुक्त रुपमा रक्तदान गरिएको जनाइएको छ ।

पूर्व सूचना तथा सञ्चार मन्त्री एवं खेलकुद विभागका प्रमुख मोहन बहादुर बस्नेतले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । पूर्वमन्त्री बस्नेत, क्षेत्रीय सभापति बालकृष्ण बस्नेतसहित ३२ जनाले रक्तदान गरेको युवा नेता रामेश्वर आचार्यले जानकारी दिए ।

कोरोना भाइरसको महामारीमा चौतर्फी ब्लड अभाव भइरहेको बेला पूर्वमन्त्री एवं विभाग प्रमुख बस्नेतको सक्रियतामा रक्तदन कार्यक्रम सम्पन्न भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *