काठमाडौं । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो शेर्पाले नेकपाका दुई दर्जनभन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा भित्र्याएका छन । अध्यक्ष शेर्पाले हेलम्बु २ का नवप्रबेशी नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याएर स्वागत गरेका हुन ।
पछिल्लो समय अध्यक्ष शेर्पाको लोकप्रिय कार्यबाट प्रभावित भएर नेकपा परित्याग गर्ने क्रम बढेपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । विकास निर्माण संगै संगठनको विस्तारको अभियानमा सक्रिया शेर्पाको लोकप्रियताबाट नेकपाका नेता तथा कर्यकर्ता हच्किएका छन ।
नेकपाको झुटको खेतीबाट आजित भएका उनीहरुले विकासप्रेमी र जनताको सुख दुःखमा साथ दिने नेताको शेर्पाको सहारा लिएको नबप्रबेशीहरुले बताएका छन । मिलनसार, विकासप्रेमी नेता शेर्पाको स्वागतबाट नवप्रवेशीहरु दंग छन ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको यतिबेला लहरै चलेको छ । नेपाली कांग्रेसका युवा नेता एवं हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाको जनमुखी कार्यक्रमबाट प्रभावित भएर नेकपाका कार्यकर्ताहरु धमाधम कांग्रेसमा प्रबेश गर्न थालेका हुन ।




