ताजा समाचार

‘फ्रन्ट लाइन’मा काम गर्नेलाई सहयोग गर्नु सबैको दायित्व हो : महामन्त्री डा कोइराला   

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोभिड–१९ सङ्क्रमणको परिस्थितिमा ‘फ्रन्ट लाइन’मा बसी काम गर्ने स्वास्थ्य, सुरक्षाकर्मीलगायत सम्पूर्णलाई साथ दिनु सरकारसँगै हरेक नागरिकको दायित्व भएको बताएका छन ।
उनले आज विज्ञप्तिमार्फत आइतबार नयाँ बानेश्वरस्थित स्वास्थ्यकर्मीको निवासमा भएको अमानवीय कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै वर्तमानावस्थामा स्वास्थ्यकर्मीलाई दृढ आत्मविश्वासका साथ जनताको स्वास्थ्यमा ध्यान दिन प्रोत्साहन गर्ने बेला भएको बताएका छन ।  स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सहयोगविना कोरोना भाइरसविरुद्ध विजय प्राप्त गर्न असम्भव छ भन्ने सरकारलगायत नागरिकले बुझ्नु जरुरी रहेको महामन्त्री डा कोइरालाले बताएका छन  ।
कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल भर्ना गर्नसमेत सम्बन्धित मन्त्रालयको सिफारिस चाहिने कुरा हास्यास्पद भएको बताउँदै महामन्त्री डा कोइरालाले उक्त निर्णय तुरुन्त सच्याउन सरकारसँग आग्रह गरे ।
उनले आत्मबल बलियो बनाई सामाजिक दूरी कायम गरेर नियमित सरसफाइ र खानपिनमा ध्यान दिँदै उच्च सजगता अपनाउन सबैमा अनुरोध गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *