काठमाडौं । पर्यटन मन्त्रालयले विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि नियमित उद्धार गर्ने प्रसताव मन्त्रिपरिषदको बैठकमा लगेको छ । विहिबार बसेको मन्त्रिपरिषदको बैठकमा नियमित उडानसहितको सो प्रस्ताव लगिएको मन्त्रालय स्रोतले जनाएको छ ।
कोभिड–१९ महामारीको संक्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि गठन गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्दैशक समितिले उद्धार उडान अनुमति नदिंदा दुबई एयरपोर्टमा अलपत्र परेका २६६ नेपालीहरु घर फर्कन पाएका थिएनन । उनीहरुले नेपाल सरकारविरुद्ध आक्रोश पोखेपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईबीच विवदा समेत भएको थियो । सो विवादपछि प्रधानमन्त्री केपी शर्मा
ओलीको निर्दैशनमा पर्यटनमन्त्री भट्टराइले आउदो सेप्टेम्बर एक देखि विदेशमा रहेका नेपालीहरुका लागि नियमित उद्धार उडान गर्ने प्रस्ताव लगेका हुन् । त्यसैगरी भारतस्थित नयाँ दिल्लीबाट पनि हप्ताको एक दिन उडान गर्ने प्रस्ताव गरिएको गरिएको छ । उनले नेपालको होटल व्यवशायीहरुको संगठन हानसँग समन्वय गरेर उद्धार गरेका नागरिकलाई त्यहाँ क्वारेन्टाइन राख्ने प्रस्ताव समेत लगेको मन्त्रालय स्रोतले जनाएको छ ।




