ताजा समाचार

भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार   

एएनआई । भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

यससँगै भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ ।  उक्त अवधिमा थप ७५७ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ३१ हजार ३५८ कारोनाभाइरस सङ्क्रमितको मृत्यु भइसकेको छ ।

भारत सङ्क्रमणका दृष्टिकोणबाट विश्वको तेस्रो स्थानमा रहेको छ तर भारतमा अधिकांश विरामी निको भई घर फर्किइसकेका छन् ।

शनिबारसम्ममा चार लाख ५८ हजार २०५ व्यक्ति कोभिड–१९ बाट अझै पनि सङ्क्रमित रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *