ताजा समाचार

लक्ष्मणलाल कर्णले भने प्रधानमन्त्री ओली नसच्चिए अविश्वासको प्रस्ताव ल्याछाै‌ं

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याईने चेतावनी दिएका छन् । उनले भने,‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आईराखेको छ । यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भैसकेको छ । यसको लागि हामीले सोच बनाईसकेका छौं ।’

उनले वर्तमान सरकार छ कि छैन् ? भनेर खोज्ने अवस्था रहेको चित्रण गरे । उनले भने,‘यो सरकार कतैपनि देखिएन् । प्रत्येक वर्ष बाढि÷पहिरोको समस्या आउँछ । तर, यो सरकार के हेरेर बसेको छ ? यो सरकार पाँच वर्ष नै चलोस भन्ने हाम्रो कल्पना हो । तर, यो सरकारको कुनै काम छैन् । यसले काम गर्न सकेन् ।’

उनले कोरोनाले भन्दा बढि मानिस बाढि÷पहिरो र डुबानजस्ता विपत्तिमा परेर मरेको तथ्यांक पेश गरे । उनले भने,‘हजारौं मानिसहरु घरवारविहीन भएका छन् । यसको जिम्मेवारी कसले लिने ? वर्षभरि नै सरकार सुतेर बस्ने हो ? जनताले सुखमा सरकारलाई सम्झिँदैनन्, दुःख पर्दा र आपतविपदमा नै सम्झिने हो नि, अहिले विपद्मा सम्झिँदापनि सरकारले केही गर्न सकेको छैन् । यो सरकार कहीँपनि सफल भएको छैन् ।’

उनले सर्वोच्च अदालतले रञ्जन कोइरालाबारे गरेको फैसलाको सम्बन्धमा प्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्छ भनेर केही नेताहरुले र सामाजिक सञ्जालमा भएका टिप्पणीको विरोध गरे । उनले भने,‘म महाअभियोग लगाउनुपर्छ भन्ने पक्षमा छैन् । कोर्टको निश्पक्षतालाई सबैले मान्नुपर्छ । न्यायमूर्तिहरुलाई विवेक प्रयोग गर्ने कानूनी अधिकार छ । यस सम्बन्धमा पूनरोवलकन गर्ने भनेर निवेदन दर्ता भएको कुरा आएको छ ।’
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्छ भनेर तपाईकै पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुृराम भट्टराईले माग गर्नुभएको छ नि ? भनेर सोधिएको प्रश्नमा उनले भने,‘म कसैको दास होईन् । बाबुरामजीको कुरा उचित हो भने पार्टीमा छलफल होला । तर, मैले यहाँ अहिले मेरो व्यक्तिगत विचार राखेको हुँ।’

उनले हालै युवतीमाथि भएको एसिड आक्रमणको घट्नाको घोर निन्दा गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरे । उनले भने,‘यो जघन्य अपराध हो । काूननमा यसबारेमा दण्ड, सजायको व्यवस्था छ । तर, म भन्छु एसिड बिक्रि–वितरणमा कडा व्यवस्था गर्नुपर्छ । लाईसेन्सको व्यवस्था गरौं । यसको उपयोग र प्रयोजनबारे राम्रो व्यवस्था गरौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *