काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले पार्टीभित्र नयाँ सस्कार देखाएका छन ।
पूर्वसञ्चार मन्त्री समेत रहेका खेलकुद विभाग प्रमुख बस्नेतले विभागका सदस्यहरुलाई प्रमाण पत्र वितरणका साथै स्वागत गरेका छन । सोमबार पार्टी केन्द्रीय कार्यालयमा औपचारिक कार्यक्रम गरेर प्रमुख बस्नेतले विभागका पदाधिकारी र सदस्यहरुलाई स्वागत गरेका हुन् । विभाग प्रमुख बस्नेतले पदाधिकारी र सदस्यहरुलाई खाँदा ओढाएर स्वागत गरेका थिए भने कार्यक्रममा विभागका सदस्यहरु बीच परिचय र शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
कांग्रेसद्वारा गठित विभागहरु मध्ये पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र वितरण र स्वागत कार्यक्रम राख्ने खेलकुद विभाग पहिलो विभाग भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए । खेलकुद विभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन ६ गते मंगलबार दिनको २ बजे पत्रकार सम्मेलन समेत आयोजना गर्ने निर्णय गरेको सचिव केसीले जानकारी दिए ।
बस्नेत प्रमुख रहेकाे विभागमा उप–प्रमुख मोहनकुमार राई र सचिव मीनकृष्ण महर्जन छन ।
सदस्यहरूमा मणिभुषण यादव (बारा), उपेन्द्र यादव (सिरहा), दीपराज गुरुङ (काठमाडौं), विजेन्द्र हमाल (बाँके), शोभितराज प्रसाइँ (मोरङ), किशोर राई (सुनसरी), लनम चौधरी (झापा), जितबहादुर केसी (दाङ), पंकज नेम्वाङ (झापा), कृष्ण शर्मा (बर्दिया), प्रतिमा शाही (डोटी), पूर्णसिंह बोहरा (डोटी) ,उद्धव खड्का (काठमाडौं), उमेश खड्का (भक्तपुर), राजु कँडेल (नुवाकोट), देवकुमार मानन्धर (स्याङजा), भानु चन्द (कञ्चनपुर), कुवेरप्रकाश सिंह (कैलाली), सिंहबहादुर तामाङ (दोलखा), टपेन्द्र दर्नाल (सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), डम्बरबहादुर खड्का –इलाम) र शिव आचार्य (रुकुम) छन ।
जुझारु नेता बस्नेतले खेलकुद विभाग प्रमुखको जिम्मेवारी पाएलगत्तै कार्यालय स्थापना गरेरे गतिविधि अघि बढाएका छन ।




