ताजा समाचार

काँग्रेसको कोभिड अनुगमन समितिद्धारा पत्रकारहरुसँग अन्तरक्रिया

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका सह महामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको कोभिड १९ अनुगमन समितिले आज नेपाल पत्रकार महासंघमा पुगेर कोरोना महामारीमा पत्रकारको अवस्था र राज्यको दायित्व बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघको आयोजनामा भएको हो कार्यक्रममा पत्रकार महासंघका अगुवा पत्रकारहरुले अहिले पत्रकारहरुले भोगिरहेका समस्याका बारेमा प्रकाश पारेका थिए भने अनुगमन समितिका संयोजक डा महतले अहिलेको अवस्थामा सबैले सामुहिक दायित्व बहन गर्न आह्वान गरेका छन  । साथै अनेक बाहानामा पत्रकारहरु माथि भईरहेका ज्याजति माथि सरकार उदासिन रहेको बताए । बिभिन्न संचारगृहहरुले लामो समयसम्म काम गरिरहेका पत्रकारहरुलाई समेत बेरोजगार बनाई रहेका सूचनाहरु सार्वाजनिक भईरहेकोमा नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको र यस्ताखाले गतिबिधि रोक्न संचारगृहलाई अनुरोध गर्दै संचार क्षेत्रका समस्यालाई समाधान गर्न सबै मिलि सरकारलाई वाध्य बनाउनका लागि समेत अपील गरेका छन । उनले भने, यो सहज बेला होइन महामारीको बेला हो, त्यसैले यस्तो बेलामा पहिला ज्यान जोगाउने र त्यसपछि सबै मिलेर सकेसम्म सबैको जीविकोपार्जनको बाटोको पनि रक्षा गर्नु हो । त्यसैले देशका पत्रकारहरु सहित अरु कुनै पनि नागरिकले यस्तो बेलामा बेरोजगार हुन नपरोस भनेर रोजगारदाताहरु विशेषगरी सजग हुनुपर्छ ।
डा.महतले यस्तो समस्याको बेलामा सरकारले पनि विभिन्न पेसा र व्यवसायका मानिसहरुलाई आवश्यक सहयोग गर्नुपर्नेमा पनि ध्यान दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुगमन समितिका सदस्यहरु एन पी सावद र डा चन्द्र भण्डारीको समेत सहभागिता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *