ताजा समाचार

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सबइञ्जिनीयर अख्तियारकाे फन्दामा  

ललितपुर ।गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् ।

अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले राससलाई जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *