ताजा समाचार

गागलफेदीमा पहिराले पुरिएर एकको मृत्यु   

काठमाडौँ।कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीमा पहिराले पुरिएर एक जनाको मृत्यु भएको छ ।गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

कार्कीका अनुुसार, “आठ जना गएकामध्ये मृतक गुरुङ शौच गर्न भनेर खोला छेउ जङ्गलमा गएका थिए”, त्यही बीचमा आएको पहिरामा परी आइतबार साँझ गुरुङको मृत्यु भएको हो । पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *