काठमाडौं। मंगलबार १६७ जना कोरोना संक्रमित थपिएका छन । गत २४ घण्टामा ५८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । नेपालमा कोरोना संक्रमितको निको हुने दर ६६.२४ प्रतिशत रहेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
भोजपुर, पाँचथर, धनकुटा, रसुवा मनाङ, मुस्ताङ,जुम्ला र हुम्ला गरी ८ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । महोत्तरी, ,कैलाली र बाजुरमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
हलासम्म कोरोनालाई जितेर हालसम्म ११ हजार ६ सय ९५ जना डिस्चार्ज भएका छन । गत २४ घण्टामा ३ हजार ७ सय ४१ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको बताइएको छ । क्वारेन्टाइनमा २२ हजार ६ सय ६२ जना रहेको मन्त्रालयले जनाएको छ ।
हलसम्म ४० जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश नम्बर १ मा ८३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, बागमतीमा ८५६, गण्डकीमा १ हजार ३ सय ८१, प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदुरपश्चिम प्रदेशमा ४ हजार ४५ संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




