उदयपुर ।” स्वच्छ वातावरण हरियो बन,सुन्दर समाज सार्थक जीवन । वातावरण सन्तुलनकालागि बृक्षारोपन , सुरक्षित गरौ सबैको बाँस स्थान । ” भन्नेे मुल नाराका साथ चौदण्डीगढी नगरपालिका – २ स्थित कौवैदेबी आधारभूत बिधालयको प्राङ्गणमा विभिन्न जातका बिरुवा रोपि नगर प्रमुख खगेन्द्र राइले बृक्षारोपनको शुभारम्भ गरेका छन ।
बिधालयको करिब ४ कठ्ठा जमिनको क्षेत्रफलमा रुद्राक्ष ,काजु , एबोकाडो ,रक्तचन्दन, कपुर, क्रिसमस ट्रिअशोक ,टिक ,पारिजात ,निम , गोलमोर आदि जातका १ सय ५५ बिरुवा रोपिएको बिधाल ब्यबस्थापन समितिका अध्यक्ष शंकर नाथ पौडेलले जानकारी दिए ।

बिधालय हाता भित्र स्थानीय अभिभावक , समाज सेवी ,शिक्षा प्रेमिले आफन्तको स्मृति, जन्मोत्सब ,बिबाह बर्षगाँठ , जीबनमा घटेका अबिस्मरणिय क्षण ,आदिको संझनामा बृक्षारोपन गरिएको हो । एकातिर त्यस्तादिनको स्मरण मानसपटलमा सदैब रहने ,अर्का तर्फ वातावरणिय प्रभाव सन्तुलित हुने र बिद्यालयको दरिलो आर्थिक श्रोत बन्ने भएकोले अनुकरणिय कार्य भएको स्थानिय शिक्षा प्रेमि जीतमान राईले बताए ।

नगरप्रमुख खगेन्द्र राइले बृक्षा रोपन कार्यलाइ सह्रानिय भन्दै – वातावरण सन्तुलन राख्नका लागि कुल भूभागको ४०/४५ प्रतिसत क्षेत्रफल बनजंगल हुनु पर्ने वातावरण बिद्को भनाइ छ । तर नेपालमा कुल क्षेत्रफल को २०/२५ प्रतिशत भू-भाग मात्र रहेको भन्दै पछिल्ला केही समयमा द्रुत गतिमा बन बिनास का कारण जलबायु परिबर्तन भएको छ । जस्का कारण सतहको पानी घट्ने पृथ्वीको तापक्रम बढ्ने अन्नपात उत्पादनमा ह्रास आउने अनाबृष्टि , अतिबृष्टि , खण्ड वृष्टि भएको छ । बनबिनासका कारण पहाडमा पहिरो , तराइ मधेसमा बाढि को प्रकोप बढेको बताए । चुरे र महाभारत पर्वत श्रृङ्खलामा भूक्षय पहिरो जाने कारक तत्व मध्ये मानिसकै ५५/६० प्रतिसत हात रहेको उनले बताए ।
त्यसैले वातावरण सन्तुलित बनाइ राख्न समुदाय ,गाउँ ,टोलमा रहेका सामाजिक संघ संस्थाले अनिवार्य रुपमा बृक्षारोपन , बगैचा र फूलबारी लगाउन आग्रह गर्दछु नगर प्रमुखले भने । हाम्रा घर वरिपरिको वातारण सन्तुलित बनाउन कम्तिमा सानो फूलबारी , अलिकति करेसा वारि २/४ बोट फलफूल लगाउ जस्ले स्वस्थ र निरोगितामा मदन पुग्छ । सन्तुलित वावरणिय त्यस्ता नमुना घरलाइ नगरपालिकाले पुरस्कृत गर्ने ब्यबस्था रहेको पनि नगरप्रमुख खगेन्द्र राइले उद्घोष गरे ।
बिधालयलाइ रक्त चन्दन , टिक र अशोकका बिरुवा डिबिजन बन कार्यलय उदयपुर र सब डिबिजन बन कार्यलय बेलटारले उपलब्ध गराएको बिधालय प्रशनसनले बताएको छ ।

केदार कटुवाल, सह सम्पादक




