उदयपुर । सरकारी स्वामित्वको देशकै ठूलो अौधोगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योग लि जलजलेको उत्पादन बन्द रहेको छ । हाइटेन्सन पावर सस्पेन्सन प्रि- हिटर फ्यान मोटर बिग्रिनाले उत्पादन बन्द भएको हो ।
नोबेलकोरोना भाइरस (काेेभिड -१९ )ले विश्व महामारीलाइ लाई निस्तेज पार्न १० साता बन्दाबन्दिमा उत्पादन रहेको उद्योग संचालनमा आएको केही सातामै मोटर बिग्रिए पछि उत्पादन ठप्प भएको हो । ८ सय मेट्रिकटन सिमेन्ट उत्पादनको क्षमता रहेको उद्योगबाट बन्दाबन्दिले दैनिक ६ सय मेट्रिकटन उत्पादन भइरहेको प्रबक्ता राम बहादुर जिसिले जानकारी दिए ।
यस अघि पनि मोटरमा आएको खराबिका कारण २ महिना उद्योगको उत्पादन बन्द रहदा २५ करोड भन्दा माथी घाटा भएको उद्योग प्रसाशनले बताएको छ ।
मर्मतका लागि ह्याबि ईलेक्ट्रोनिक इकुप्मेन्ट वर्कसप बिरगन्ज पठाइएको र मर्मतका लागि ३ हप्ता लाग्ने भए पनि भण्डारमा २ लाख ब्याग रहेको र बजारमा गैडा सिमेन्टको अभाब नरहने प्रबक्ता जिसिले बताए ।
जापानको ओभरसिज ईलेक्ट्रोनिक को- अपरेसन फ्रन्टको १८ अर्ब ७७ करोड जापानिज मुद्रा ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख ५१ हजार लगानिमा २०४४ सालमा स्थापित उद्योगले २०४९ साल देखि उत्पादन
सुरु गरि नेपाल सरकारलाइ हस्तान्तर गरेको हो ।




