संखुवासभा । विहान सवेरै शारदा माध्यमिक विद्यालयको एउटा हलमा हलभरी महिला पुरुष तालमा ताल मिलाई नृत्यमा तल्लीन देखिन्थ्यो । कोभिड १९ को संक्रमण कम हुँदै जाँदा संखुवासभाको चैनपुर वासीहरु योगामा आकर्षित हुँदै गएका छन् ।
शरीरिर र मनलाई जोडदै गरिने व्यायम, प्रणायम, मेडिटेसनले आफूमा रहेको तनाव हटाउने तथा जीवन स्वास्थ्य राख्न मदत पुग्ने पतञ्जली योग समितिका अध्यक्ष नर बहादुर अधिकारीले एक कार्यक्रमका बीच वताए। “योग गरौ निरोगी बनौ” भन्ने मूल नाराका साथ दैनिक योग सञ्चालन कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एवं चैनपुर नगरपालिकाका प्रमुख भरत कुमार खत्रीले योग मानिसको जीवनपयोगी कार्यक्रम भएकोले यो निरन्तर सञ्चालन गर्नुपर्ने भन्दै यसको विस्तार गर्न घर परिवारमा समेत योग अभ्यास गराउनुपर्ने, घर वरपर, गाउँ समाज लगायतको क्षेत्रमा सरसफाईमा ध्यान पु¥याउने बताए । वर्षायाममा खुल्ला ठाउँमा योग गर्न समस्या भइरहेका, लकडाउनले विद्यालय बन्द अवस्थामा विद्यालयको हल प्रयोग भए पनि योग गर्ने मानिसहरुको संख्यामा वृद्धि भइरहेको अवस्थमा नगर प्रमुख खत्रीले योग कार्यक्रम सञ्चालनका लागि यस क्षेत्रमा एक हलको व्यवस्था यसै आर्थिक वर्षभित्र व्यवस्था गर्न सोच पुर्याउने समेत वताए ।

चैनपुर नगरपालिकाको चैनपुरमा यस अघि नै औपचारिक उद्घाटन भै योग कार्यक्रम निरन्तर सञ्चालन भइरहेको नगरकै पोखरीमा समेत गत आषाढ देखि नै सञ्चालन हुँदै आएको छ । चैनपुर आयुर्वेद तथा योग कार्यक्रमका अध्यक्ष एवं आयुर्वेद औषधालय चैनपुरका प्रमुख कविराज दिनेश प्रसाद रायको सभापतित्वमा भएको कार्यक्रममा चैनपुर नगरका वडाध्यक्षहरु बलबहादुर अधिकारी, धनबहादुर तामाङ, गणेश प्रसाद न्यौपाने, शारदा मावि पोखरीका विव्यस सदस्य ज्ञानबहादुर कार्की, प्रशिक्षक चन्द्र तामाङ, लगायतले शुभकामना मन्तव्य दिएको कार्यक्रम सञ्चालक टेक बहादुर श्रेष्ठले वताए। मन्तव्यको क्रममा अतिथि ज्ञान बहादुर कार्कीले यस किसिमको योग लामो समयसम्म निरन्तर गर्नसके यसले फाइदा पुग्ने हुदा आफ्ना जीवनमा भएको परिर्वतको अनुभव सबैमा शेयर गरे । कार्कीले यस किसिमको कार्यक्रम नगर क्षेत्रभित्र खराङ, नुनढाकी, लगायत सबै क्षेत्रमा विस्तार गर्दै लैजानु पर्ने समेत वताए ।
आयोजकको तर्फबाट संस्थाका उपाध्यक्ष नमिता काफ्लेले स्वागत मन्तव्य दिदै आजको जलवायु परिवर्तन सँगै दैनिक उपभोग्य वस्तु, खानपान, आनीवानी लगायतमा भएको परिवर्तनले मानिसमा नसर्ने दीर्घकालीन रोग, युवाहरुमा देखिने डिप्रशन नियन्त्रणका लागि योग अभ्यास महत्वपूर्ण रहेको बताइन ।





