काठमाडौं। शुक्रबार १०१ जना कोरोना संक्रमित थपिएका छन । गत २४ घण्टामा २८५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । नेपालमा कोरोना संक्रमितको निको हुने दर ६६.२ प्रतिशत रहेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
हलासम्म कोरोनालाई जितेर हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन । गत २४ घण्टामा ४ हजार ७ सय ८६ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको बताइएको छ । क्वारेन्टाइनमा २२ हजार ७ सय ५६ जना र आइसोलेशनमा ५ हजार ८ सय ७१ जना रहेको मन्त्रालयले जनाएको छ ।
भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । रौतहट, कैलाली र बाजुरमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
हालसम्म ४० जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




