काठमाडौं । दुई अध्यक्षबीच कुरा नमिलेपछि नेकपाको स्थायी कमिटि बैठक सरेको छ । शुक्रबार ११ वजे बस्ने भनिएको स्थायी कमिटी अन्तिम समयमा सारिएको हो ।
बैठकमा सहभागी हुन अधिकाशं स्थायी कमिटी सदस्य बालुवाटार पुगे पनि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएकाले छलफल सकिएपछि मात्र बैठक बस्ने स्रोतले बताएको छ ।
पछिल्लो समय ओली –प्रचण्डबीचको दूरी झन बढेको छ । प्रचण्ड ओलीलाई सत्ता र पार्टीबाट जसरी भएपनि बर्हिगमन गर्ने तयारीमा लागेका छन भने ओलीले दूवै पद नछोड्ने जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताएका छन ।
आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुगेको सत्तारुढ दल नेकपाका दुई अध्यक्ष र वरिष्ठ नेताहरुबीचको अनुत्पादक व्यस्तता बढको छ । विहिबारको ओली दाहालको अभिव्यक्ति र गतिविधिलाई आधार मान्ने हो भने सहमतिका लागि दुवै पक्ष टसमस हुने अवस्था देखिदैन ।




