काठमाडौं । सत्तारुढ नेकपामा आन्तरिक बढेको विवाद समाधानको लागि आज शीर्ष तीन नेताहरुबीच हुने भेटवार्ताले निकास निकाल्ने अपेक्षा गरिएको छ । दुई नेताहवीच भएका अनेकन छलफलपछि पनि निकास ननिस्किएपछि आज हुने वार्तामा नेत त्रयसँगै बसेर छलफल गर्ने भएका हुन् ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालबीच आज भेटवार्ता गर्दैछन् । ओली र प्रचण्ड एक्लाएक्लै धेरैपटक छलफलमा बसे पनि सहमति नजुटेपछि प्रचण्डको प्रस्तावमा माधव नेपाल पनि वार्तामा बस्न लागेका नेकपाका नेताहरुले दावी गरेका छन् । ओलीसँगको वार्ताबाट मात्रै सहमति नजुटेपछि प्रचण्डले नेता नेपाललाई पनि वार्तामा राख्न बुधबारको बैठकमा प्रस्ताव राखेका थिए। जसमा ओलीले पनि सहमति जनाएपछि आज शीर्ष तीन नेताबीच संयुक्त वार्ता हुन लागेको नेकपा स्रोतले जनाएको छ ।
प्रचण्डले पार्टीका शीर्ष नेताहरुको प्रवत्तिलाई सुधार गरौ कसले कस्तो कस्तो प्रवृत्ति अवलम्बन गरेका गरेका छन् सुधार गरौ पार्टी एकता भएको बखत भएको आलोपालो सहमति भएको आधारमा पनि विवाद सुल्झाउन सकिने,गत मंसिरमा दाहालले पार्टीको जिम्मेवारी भूमिका निर्वाह गर्ने गरी गरिएको सहमतिलाई कार्यान्वयन गर्ने, पार्टी अध्यक्ष ओली स्वंय उपस्थित भएर वामदेव गौतमलाई राष्ट्रिय सभमा लैजाने सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीभित्र बलियो शक्तिका रुपमा रहेका माधव नेपाललाई वाइपास गरेर जान नसकिने र उनले राखेका मागको सकेसम्म सम्बोधन गर्ने र असहमत विषयमा नोटअफ डिसेण्ट लेख्न दिने, अहिले हुने सहमतिलाई त्रिपक्षीय सहमितका रुपमा ब्याख्या गरिने तथा मूख्यमन्त्री र मन्त्रिपरिषद हेरफेर गर्ने प्रस्ताव गरेका भएपनि ओलीले त्यसबारेमा कुनैपनि जवाफ दिएका थिएनन । ओलीको जवाफ र आफ्ना धारणा राख्न आजको संयुक्त भेटवार्ता हुन लागेको हो ।




