ताजा समाचार

बूढानिलकण्ठ कार दुर्घटनाका चालक पाँच लाख धरौटीमा रिहा

 काठमाडौं । गत मंसिरमा बुढानीलकण्ठमा भएको कार दुर्घटनाका चालक पृथ्वी मल्ललाई सर्वोच्च अदालतले पाँच लाख धरौटीमा रिहा गरेको छ । जिल्ला अदालत, र उच्च अदालतले काठमाडौंले सवारी ज्यान सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उच्च अदालतमा पुनरावेदन गएका मल्ललाई उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेपनि सर्वोच्च अदालतले भने धरौटी माग गरी रिहा गर्ने आदेश दिएको हो ।
मदिरा सेवन गरी गाडी चलाएर दुघर्टना गरेको आरोपमा उनलाई १० बर्षको कैद सजाय माग गरिएको थियो । काठमाडौं जिल्ला अदालतले २०७६ पुस २३ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्लाले थुनामा पठाएपछि मल्ल उच्च अदालत पाटन पुगेका थिए। उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनीहरु सर्वोच्च पुगेका थिए। २८ मंसिरमा बुढानिलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो ।
अत्यधिक मादक पदार्थ सेवन गरेका चालक मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकाटाको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । कारमा मल्लसहित करिश मास्के, एलिना थापा परमिता राणा रहेकी थिइन । लिलालाई ठक्कर दिने २१ वर्षीय मल्ल र २० वर्षीय करिश मास्केलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । कारको ठक्करबाट कम्मरमाथिको भागमा ठूलो चोट लागेकी लिलालाई नजिककैको न्यूरो अस्पतालमा लगिएको भएपनि अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *