काठमाडौं । सिन्धुपाल्चोकाको जम्बु बाढी पहिरो पीडितलाई राहत वितरण गरिएको छ । असार २४ गते मध्यराती आएको बाढी पहिरोमा परेर घरबार विहिन भएका २५ घरधुरीलाई राहत वितरण गरिएको हो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिध एवं युवा समाजसेवी प्रेम लामाको संयोजनमा घटनास्थलमा नै पुगर बुधवार राहत उपलब्ध गराइएको छ ।

युुवा नेता लामाकाे संयाेजनमा बाढी पहिरो पीडितलाई १ वोरा चामल, २ केजी दाल,नुन, साबुन, मन्जन, ब्रुस, झोला र कपडा खरीद गरी करिव २ लाख वरावरकाे सामाग्री वितरण गरिएको थियाे । लामाकाे अनुराेधमा युवा समाजसेवी शुदर्शन थापले राहत सामग्री खरिद गर्नका लागि ५० हजार नगद उपलब्ध गराएका थिए । यसै गरी महिला नेतृहरू लक्ष्मी श्रेष्ठ, कविता गुरूङ, साेभा बस्नेत, सानुकान्छि तामाङ, युवा नेता कुमार बस्नेत लगायतकाे राहत वितरण कार्यक्रममा सहयाेग रहेकाे थियाे ।



भाैगाेलिक विकटताकाे परवाह नगरी राहत सामग्री तरूण दलका स्थानीय नेताहरूले पीडिकाे घरसम्म पुर्याइ दिएका थिए ।






