ताजा समाचार

बुधवार ११६ जनामा कोरोना पुष्टि, ६ सय ९७ डिस्चार्ज

काठमाडौं। बुधवार ११६ जना कोरोना संक्रमित थपिएका छन । आजै ६ सय ९७ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन । नेपालमा कोरोना संक्रमण निको हुने दर ६४.२ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । महोत्तरी, रौतहट, पाल्पा,कैलाली र बाजुरमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
हलासम्म कोरोनालाई जितेर हालसम्म ११ हजार २५ जना डिस्चार्ज भएका छन । गत २४ घण्टामा ५ हजार ९० जनाको पीसीआर विधिबाट परिक्षण गरिएको बताइएको छ । हलसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टाइनमा २४ हजार ५ सय २७ जना र आइसोलेशनमा ६ हजार १ सय १४ जना रहेको मन्त्रालयले जनाएको छ ।

बुधवार राैतहटका ३६ वर्षीय पुरुषकाे निधन भएस‌ंगै मृतककाे संख्या  ३९  पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *