धनगढी । नेपाली काँग्रेस नेतृ, सुरक्षित मातृत्व सञ्जाल महासङ्घकी केन्द्रीय अध्यक्ष एवं वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाले सुदूरपश्चिममा ३३ लाख बराबरको कोरोना स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेकी छन ।
सुदूरपश्चिमका जनतालाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउनका लागि विभिन्न समयमा सुदूरपश्चिमका ९ जिल्लाका जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा रहेका ५७ वटा प्रसूति गृहलाई ३३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेकी हुन ।
कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन र प्रसूति गृहमा रहेका गर्भवती र सुत्केरी महिला एवं नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दे स्वास्थ्य सुरक्षामा विशेष सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको काँग्रेस नेतृ एवं सञ्जालकी अध्यक्ष डा आरजु राणा देउवाले बताइन । उनले भनिन , ‘स्वास्थ्य सामाग्रीले कोरोना भाइरस सङ्क्रमणबाट बच्न र अन्य जोखिम न्यूनीकरणमा प्रसूति गृहमा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुलाई प्रत्यक्ष टेवा पुग्नेछ ।’ सुदूरपश्चिम भरी हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरूमा पिपिई १६८ सेट,सेनिटाईजर २४९ लिटर ,थरमल गन ५७ वटा,पन्जा १४१०० पिस,पेपर मास्क ११,४०० पिस,एन ९५ मास्क ६४२ पिस,हातधुने साबुन १५९० वटा,स्यानेटरी प्याड ५४७२ वटा र फिससिल्ड १६८ वटा,बुट ४० वटा र सिटामोल र मेट्रो ५२०० वटा रहेका छन् ।
सुदूरपश्चिममा कोरोना सङ्क्रमण र स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दे डाक्टर आरजुले सुदूरपश्चिममा स्वास्थ्य सामाग्री र सुत्केरीलाई पोषणयुक्त खाद्य सामाग्री,क्वारेन्टीनमा रहेका मानिसलाई हाईजेनिक किट सामाग्री निरन्तर प्रदान गर्दे आई रहनुभएको छ ।




