काठमाडौं। मंगलबार ११६ जना कोरोना संक्रमित थपिएका छन । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
मंगलबार ३४ जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन । हलासम्म कोरोनालाई जितेर हालसम्म १० हजार ३ सय २८ जना डिस्चार्ज भएका छन । गत २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको बताइएको छ । क्वारेन्टाइनमा २४ हजार ७ सय ६१ जना र आइसोलेशनमा ६ हजार ६ सय ९५ जना रहेको मन्त्रालयले जनाएको छ ।
भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । महोत्तरी, रौतहट, र बाजुरमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
हलसम्म ३८ जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




