काठमाडौं। सोमबार १४४ जना कोरोना संक्रमित थपिएका छन । गत २४ घण्टामा १ हजार ७ सय ५ संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
हलासम्म कोरोनालाई जितेर हालसम्म १० हजार २ सय ९४ जना डिस्चार्ज भएका छन । नेपालमा कोगत २४ घण्टामा ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको बताइएको छ । क्वारेन्टाइनमा २३ हजार ७ सय ७० जना र आइसोलेशनमा ६ हजार ६ सय १३ जना रहेको मन्त्रालयले जनाएको छ ।
धनकुटा, भोजपुर, मुस्ताङ,मनाङ र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । महोत्तरी, रौतहट, कैलाली र बाजुरमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
हलसम्म ३८ जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




