कोशी प्रदेश

सिसुवा पहिरोमा परेर ११ जना वेपत्ता, १ मृत्युको ९ घर विस्थापित

संखुवासभाको सिलिचोङ गाउपालिका वडा नं. १ स्थित सिसुवाको बेसिन्दाभन्ने स्थानमागए रातीपहिरो जाँदा ९ घर बगाएको छ ।
गए रातीअविरल वर्ष सँगैपहिरोले ९ घर बगाउदा ११ जना वेपत्ता, १ जनाको मृध्युभएको र ३ जनाको उद्धार गरिएकोजिल्लाप्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना स्थलमाप्रहरी चौकीताम्कु र प्रहरी चौकी सिसुवाटारबाट प्रहरी टोली परिचालनभइसकेका छन । जिल्लाप्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक सहितको थप उद्धार टोली परिचालनभएको छ । उद्धार कार्यमा खटिने वर्ष २५ को मदन राईको अचानक वेहोस भई मृत्यु भएको छ ।
आइतवार उद्धार टोलीमा खटिएका प्रहरी टोलीले दिएको विवरण अनुसार ७९ वर्षे पुरै घर वगाएको छ भने उनको बाया हात र बाया टाउकोमा ढुंगाले चोट लागि अवस्था गम्भीर, निजको श्रीमती वर्ष ६० की फुलमाया राई, छोरी वर्ष १४ की भिमरी राई सामान्य घाइते भई उद्धार गरिएको छ । यसैगरी वर्ष ६० को राममान राईको घरपुरै बगाएको उनको श्रीमती वर्ष ५५ की हस्त कुमारी राई, छोरीहरु वर्ष २१ कीएन्जीला राई (गभवती), वर्ष ११ की नम्रता राई वेपत्ता रहेको छ । यसै गरी ५२ वर्षको जुद्ध बहादुर राई कोघर बगाएको उनको श्रीमती वर्ष ४५ की उत्तर कुमारी राई वेपत्ता रहेको छ ।

पहिरोमा परेर वर्ष ७० की नजमाया राई को घर पुरै वगाएको र निज हालसम्म वेपत्ता रहेकी छन । वर्ष ८४ को हर्कराज राईको घर पुरै बगाएको, निजको श्रीमतीवर्ष ६२ की आइतमाया राई हालसम्म वेपत्ता छन । वर्ष ५५ को भिम बहादुर राईको पुरै घर बगाएको निजलाई उद्धार गरीएको हाल सामान्यअवस्थमा रहेको छ । सन्दीप राईको घर पुरै वगाएको घरपरिवार हाल सम्पर्कमा नै रहेको छ । सुमधन राईको पुरै घर बगाएको , घरपरिवार हाल सम्पर्कमा नै रहेको जिल्लाप्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्य दु्रत गतिमा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *