काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जम्बु बाढी पहिरो पीडितलाई राहत वितरण गरेका छन ।

जम्बु र त्यस आसपासका क्षेत्रमा आएको बाढी र पहिरोका कारण पीडित बनेका ७३ घर धुरीलाई पूर्व मन्त्री बस्नेतले घटना स्थलमा पुगेर राहत वितरण गरेका हुन । नेता बस्नेतले जम्बुका २७ घरधुरीलाई राहतको साथमा दुई हजार नगद समेत बस्नेतले उपलब्ध गराएका थिए । यसै गरी बाढी पहिरोमा परेर ज्यना गुमाएका ७ घर धुरीलाई राहतको साथमा ७ हजार रुपैयाँ नगद समेत नेता बस्नेले उपलब्ध गराएका थिए ।
यसै गरी जम्बु आसपासका सिरिसे, खागदल, टाहार र रुम्टाका बाढी पहिरो पीडित ३९ घरधुरीलाई राहत वितरण गरेका थिए ।
बुधवार राति आएको बाढी र पहिरोले जम्बु र त्यस आसपाका क्षेत्रमा ठूलो धन जनको क्षति भएको थियो । पूर्वमन्त्री बस्नेले विहिबार विहनै घटना स्थलमा पुगरे बाढी पहिरोमा परी घाइते भएका व्य िक्तहरुको हेलिकोप्टरमार्फत काठमाडौं उद्दार गरी उपचार समेत गराएका थिए ।





