ताजा समाचार

शुक्रवार ७४० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो

काठमाडौं। शुक्रबार अहिलेसम्मकै सार्वधिक संख्यामा कोरोना संक्रमित थपिएका छन । गत २४ घण्टामा ७४० जना कोरोना संक्रमित थपिएका छन । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।  शुक्रबार ८२३ जना संक्रमणमुक्त भएर घर फर्केका छन ।
हलासम्म कोरोनालाई जितेर हालसम्म ६ हजार ४ सय १३ जना डिस्चार्ज भएका छन ।  ३२ जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

असार १७ गते राति नयाँ बानेश्वर निवासी ८५ वर्षीय वृद्धकाे काेराेनाका कारण मृत्यु भएका पुष्टि भएकाे छ । पार्किन्सन्स रोगबाट पीडित उनकाे उपचारका क्रममा मृत्यु भएकाे जनाइएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *