ताजा समाचार

बेलटार बजार केन्द्र भएर खोटाङ, सोलु सल्लेरी जोड्ने महत्वपूर्ण सडककाे निर्माण र स्तरोन्नति कार्यकाे शुभारम्भ

उदयपुर । असार , बेलटार ,कम्पुघाट ,तामाभन्ज्याङ ,साेलु सल्लेरी सडक तथा ढल निर्माण स्तरोन्नति कार्यको आज एक समारोहक बीच चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राइले शुभारम्भ गरेका छन ।

 फाल्गुणको अन्तिम साता टेण्डर प्रक्रिया पूरा भएको सडक वल्डवाइड / राम सागर जेभिले ३ करोड ३३ लाख ८ हजारमा निर्माणको जिम्मा पाएको हो ।
  असार ३ गते संझौता भएको सडक को निर्माण सम्पन्न गर्ने समय ३० गते सम्म रहेको छ । मदन भण्डारी ल‍ोकमार्ग खत्री टोल खण्डको बेलटार प्रबेस द्वारबाट बेलटार बजार वीपी चौक १ किमि लम्बाइमा १० मिटर चौडाईमा सडक अस्फाल्ट कंक्रिट , वीपी चौकबाट ४ सय मिटर कालाे पत्रे  १ किमि सबबेस र बिरेन्द्र बजार खण्ड अस्फाल्ट गरिनु पर्ने निर्माण पक्षले बताएको
छ ।
   संघीय सरकार भौतिक पुर्बाधार मन्त्रालय को बजेट रहेको यो काम ५० प्रतिसत पनि हुन नसक्ने जनप्रतिनिधिहरु बताउछन ।
  विश्व महामारी कोभिड – १९ लक डाउनका कारण अन्तिम आवरमा संझौता भएको पुरबाधार कार्यलय तथा साइड ईन्जिनियर रमेश कार्कीले  बताए  । बेलटार बजार केन्द्र भएर खोटाङ सोलु सल्लेरी जोडिने महत्वपुर्ण सडक हो ।
  सरकारी उदासिनताका कारण निर्माणकै चरणमा १ किमि सडक समेत बन्न नसक्ने अबस्था रहेको छ । असारको पहिलो साता देखि नै यश क्षेत्रमा बर्षाद सुरु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *