ताजा समाचार

रेडक्रसले होल्डिङ सेण्टरमा वितरण गर्‍याे ६७ काटुन पिउने पानी

काठमाडौं। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले विदेशबाट आएका नेपालीहरुको तिर्खा मेट्ने प्रयास गरेको छ । विदेशमा अलपलत्र परेर स्वदेश फर्किएका नेपालीहरुले होल्डिङ सेन्टरमा पिउने पानीको अभाव झेलिरहेको सुनेपछि सिन्धुपाल्चोक शाखाले पानी उपलब्ध गराएको हो ।

शाखाले बागमती र गण्डगी प्रदेशको होल्डिङ सेण्टरमा पुगेर बुधबार विहन ६७ काटुन पानी हस्तान्तरण गरेको जनाएको छ  ।

रेडक्रस जिल्ला शाखा सिन्धुपाल्चोकका जिल्ला सदस्य प्रेम लामा र नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य अमृत खड्काले व्यवस्थापन गरेको ६७ काटुन पानी होल्डिङ सेण्टरमा हस्तान्तरण गरिएको रेडक्रस सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष राजेन्द्रमान ताल्चाभडेलले बताए ।

शाखाले एती इभेन्टस,पानस, स्काई जोन पाटीप्यालेसको होल्डिङ सेण्टरमा पुगेर पिउने पानी वितरण गरेको जिल्ला सदस्य प्रेम तामाङले बताए ।

सिन्धुपाल्चोक शाखाले कोरोना महामारीमा चौतारा साँगाचोकगडी नगरपालिका, इन्द्रवति गाउँपालिका, सुनकोसी गाउँपालिका र वलेफि गाउँपालिकामा ठूलो परिणममा कम्बल, बकेट, साबुन,टावेल,मग,अस्थाई सौचालय सामाग्री र भाडासेट हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बन्देउ, इर्खु  र चौतारमा स्वस्थ्य सहयाता कक्ष समेत सञ्चालन गरेको थियो । वैषाख ८ गतेदेखि जेठ ७ गतेसम्म सिन्धुपाल्चोक प्रवेश गर्ने नाका बन्देउमा चौतारा नगरपालिकासंगको समन्वयमा जिल्ला प्रवेश गर्ने सवारी साधनको निसक्रण गर्ने कार्य सञ्चालन गरेको थियो । वैषाख २३ देखि नेपाल सीमा नाकाम तातोपानी कोदारीमा चीनबाट प्रवेश गर्ने मालबाहक सवारीको निसंक्रमण कार्य गरिएको छ ।

सरकारले एयरपोर्टदेखि होल्डिङ सेण्टरसम्म पिउने पानीको र खानपीनको व्यवस्था गरेको छैन । विभिन्न दाताहरुले होल्डिङ सेण्टरमा उपलब्ध गराएको पानी र खानेकुरा खाएर प्राण धान्नु पर्ने अवस्था छ । दाताहरुले खानेपानी र खानेकुरा उपलब्ध नगराएको खण्डमा विदशबाट उडेको व्यक्तिले सम्वन्धित जिल्लाको क्वारेन्टाइनमा पुगेरमात्र पानी पिउन पाउने र खाना खानपाउने अवस्था छ । विदेशबाट अफ्ट्यारोपमा परेर फर्केका हुनाले अधिकांशसंग किनेर खाने पैसा छैन । पैसा भएपनि किनेर खान पाउने सुविधा उनीहरुलाई छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *