काठमाडौं। नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका समितिले गाउँपालिकामा भएको आर्थिक अनियमितता लगायत विभिन्न गैरकानूनी कामको यथार्थ विवरण सार्वजनिक गर्नु पर्ने माग गर्दै गाउँपालिका कार्यालयमा २१ वुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । गाउँपालिकामा तत्कालिन नेकपा एमालेबाट निर्वाचित अध्यक्ष भुपेन्द्र श्रेष्ठले स्थानी सरकार सञ्चालन ऐन २०७४ को मर्म र भावना विपरित काम गर्दै आएको कांग्रेसको आरोप छ ।
अध्यक्ष श्रेष्ठले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरित योजना तर्जुमा,अनुगमन र भुक्तानी गर्दै आएका छन । वडाको अधिकार कटौति गर्दै सबै काम आफैले गर्दै आएको कांग्रेस गाउँपालिका सभापति भक्तध्वज बोहोराको आरोप छ । स्थानीय सरकार ऐनले योजना तर्जुमा,उपभोक्ता समिति गठन र अनुगमनको जिम्मा वाड कार्यालयलाई दिएको छ ।
बोहोराले पालिका अध्यक्ष श्रेष्ठले विकास निर्माणको काममा भन्दा गिटि बालुवालगायतको ठेक्का पट्टामा ध्यान केन्द्रीत गर्ने गरेको आरोप लगाएका छन । आफु निकटका मानिसलाई नाममात्रको उपभोक्ता समिति बनाएर गाउँपालिकाको बजेटको दूरुपयोग गर्दै आएको भन्दै स्थानीय समेत आक्रोशित छन ।
गाउँपालिका भित्र रहेका विद्यालयहरुमा अनुदान दिदा समेत काखा र पाखाँ गर्दै अग्रिम कमिसन माग्ने गरेको सरोकारवालाहरु बताउँछन ।
कांग्रेसले बुझाएको ध्यानकर्षण पत्रमा अध्यक्ष श्रेष्ठलाई पदीय जिम्मेवारी विर्सदै पार्टीको कार्यकर्ताका रुपमा प्रस्तुत नहुन आग्रह गरेको छ । त्यस्तै गाउँपालिकाका सबै नागरिकको पीसीआर परिक्षण गर्नु पर्ने, जथाभाबी करार कर्मचारी भर्ना बन्द गर्नु पर्ने, थामी,पहरी,मगर, जिरेललगायत पीछडिएको जातिको स्वास्थ्य शिक्षा तथा रोजगारीको ग्यारेन्टि हुनु पर्ने लगायतका माग राखेर कांग्रेसले ध्यानकर्षण गराएको छ ।
ताजा समाचार




