काठमाडौं । मंगलवार ५ सय ३८ कोरोना संक्रमित थपिएका छन । जसमा महिला ९० जना र पुरुष ४ सय ४८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमाले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए । नेपालमा संक्रमितकाे संख्या १० हजार ९९ पुग्याे ।
आज ६८ जना पुरुष र ८ जना महिला गरी ७६ जना डिस्चार्ज भएका छन । हालसम्म कोभिड १९ को उपचारपछि निको भएर २२ सय २४ जना डिस्चार्ज भएका छन । जसमध्ये २ हजार ३५ पुरुष र १ सय ८९ महिला छन । क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ मा र ७ हजार ८ सय ५१ जना आइसोलेशनमा छन । हालसम्म पीसीआर विधिबाट १ लाख ७६ हजार २ सय ६७ जनाको परिक्षण भएको छ भने आरडीटी विधिबाट २ लाख ७१ हजार ५ सय ४८ को परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दैलेखका ३५ एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । उनको असार ८ गते प्रादेशिक अस्पताल सुर्खेतमा निधन भएको हो । उनी क्षयरोग र दमको विरामी थिए । नेपालमा मृतकको संख्या २४ पुगेको छ ।




