ताजा समाचार

कारोना संक्रणबाट थप एक जनाकाे मृत्यु, मृतकको संख्या २३ पुग्यो

काठमाडौं।नेपालमा कोराना संक्रमणबाट मृत्यू हुनेको संख्या २३ पुगेको छ । गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ५ का ७९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यू भएको पुष्टि भएसंगै मृतकको संख्या २३ पुगेको हो ।

प्यारालाइसिसको उपचार गर्न भारत गएका उनी जेठ २५ गते नेपाल फर्किएका थिए । भारतबाट आएर होम क्वारेनटाइनमा बसेका उनको असार ५ गते निधन भएको थियो । मृत्यूपछि प्रदेश प्रयोगशाला भैरहवामा सब परिक्षण गर्दा असार ६ गते रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *