काठमाडाैं। ज्येष्ठ ७ गते हुने सूर्यग्रहणका दिन नेपाली समय अनुसार बिहान १०:५० बजे ग्रहणस्पर्श अर्थात् ग्रहण आरम्भ हुँदैछ ।ग्रहणको मध्याह्नको समय दिउँसो १२ः३८ बजे र ग्रहण मोक्ष दिनको २ बजेर २३ मिनेटमा हुनेछ ।
ग्रहण ३ घण्टा ३३ मिनेट लामो हुनेछ । ३ घंटे ३३ मिनेट सम्म कसैलाई पनि सुत्न,शौचालय जान,सेक्स गर्न,शृंगार गर्न ,भोजन गर्न,कसैलाई बन्धनमा राख्न या कुनै पनि हिंसा गर्न प सर्वथा ग्रहणकालमा वर्जित छ। सूर्य ग्रहणको समयमा आउने दूषित
विकिरणका कारण उपरोक्त कर्मले हाम्रो मानसिक,शारीरिक,र आध्यात्मिक शक्तिको ह्रास गराउन सक्छ ।
ग्रहणको दिनमा दान दिंदा अक्षय पुण्य प्राप्त हुने हुनाले यो दिनमा मठ मन्दिर वा अन्य सामाजिक परोपकारी स्थलमा गएर दान दिंदा उत्तम हुनेछ।ग्रहणकालमा कुनै तीर्थस्थल वा नदी किनारमा गएर मन्त्र जप गरे सिद्धी प्राप्त हुने शास्त्रीय मान्यता छ।मन्दिरमा गएर भजन कीर्तन गरेर बस्नुपनी उत्तम हुनेछ।




