ताजा समाचार

बाेर्डको कार्यकारी निर्देशकमा डा.राणा पुन : नियुक्त

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डको कार्यकारी निर्देशकमा डा. सञ्जिब विक्रम राणा पुन: नियुक्त भएका छन । बोर्ड सञ्चालक समितिको बिहिवार बसेको बैठकले डा.राणालाई ५ वर्षका लागि नियुक्त गरेको हो ।
कार्यकारी निर्देशक छनौट सिफारिस समितिले डा. राणा सहित ४ जनाको नाम अन्तिम सूचीमा प्रकाशन गरेको थियो । अन्तिम सूचीमा छनौट भएका प्रतिश्पर्धीहरुलाई पछि पार्दै डा. राणा कार्यकारी निर्देशक नियुक्त हुन सफल भएका छन । अर्वान वाटर डिमाण्ड इन काठमाडौं(केयुकेएल)मा राजस्थान इण्डियाबाट विद्यावारिधी गरेका डा. राणासंग खानेपानी तथा ढल निकास क्षेत्रको लामो अनुभव रहेको छ ।
काठमाडौं उपत्यकामा खानेपानी र ढल निकासका क्षेत्रमा थुप्रै चुनौतिहरु भएकाले यसको व्यवस्थापनका लागि आफूले कार्य गर्ने डा राणाले बताए । कोभिड महामारी कै समयमा कार्यकारी निर्देशकमा पुन: नियुक्त डा.राणाले संकल्प खवरसंगको कुराकानीमा आफ्नो पहिलो प्रथामिकता मेलम्ची आएपछिको सफल व्यवस्थापन ग्राउण्ड वाटर मेनेजमेण्ट रहेको बताए । साथै आफूले पहिलो कार्यकालमा सुरु गरेका योजना तथा कार्यक्रमहरुकाे पूर्णता दिने बताए ।
खानेपानी तथा ढल निकासमा पूर्व सोभियत संघबाट एमएससी गरेका डा राणाले अष्ट्रेलियाबाट एमआईबी र एमबीए समेत पुरा गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *