कर्णाली प्रदेश

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलद्वारा बैठक अवरुद्ध   

सुर्खेत। कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सभाको बैठक अवरुद्ध गरेको छ ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १७ बुँदे ध्यानाकर्षण पत्रसहित सङ्कल्प प्रस्ताव दर्ता गर्दा पनि त्यसलाई बेवास्ता गरिएको भन्दै काँग्रेसले बैठकको अवरुद्ध गरेको हो । काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विरोध जनाएका थिए ।

प्रतिपक्षी दलका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले सिङ्गो कर्णाली प्रदेश कोरोनाले थिलोथिलो भएको विषयलाई लिएर ध्यानाकषर्ण गरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दा त्यसलाई हटाइन्छ र मतलब गरिन्न भने बैठक सञ्चालन हुन नदिने चेतावनी दिए ।

सभामुख राजबहादुर शाहीले प्रतिपक्षी दलका सबै प्रस्तावक सभा सदस्यको विषयले ध्यानाकर्षण भएको बताए पनि निर्वाध रुपमा सभा अवरुद्ध गरेपछि उनले शनिबार दिउँसो ३ः०० बजेसम्मका लागि बैठक स्थगन भएको सूचना गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *