गण्डकी प्रदेश

नेता पौडेलले गरे गृहजिल्लामा स्वास्थ्य सामग्री सहयोग   

दमौली। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना सङ्क्रमितको उपचार भइरहेको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सो केन्द्रलाई उहाँले २० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेका हुन  । केन्द्रीय सदस्य पौडेलले उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्दै स्वास्थ्यकर्मीको हौसला बढाउन स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।

केन्द्रका निमित्त कार्यकारी निर्देशक डा श्रेष्ठले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई यस्तो सहयोगले हौसला मिल्ने बताए । केन्द्रमा नौ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *