आज हालसम्मकै उच्च संक्रमित भेटिए
काठमाडौं। बिहिबार ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये ५ सय ९१ पुरुष र ८० जना महिला छन । हालसम्मकै संक्रमितको संख्या उच्च हो । उपचारपछि निको भएर आज १९ जना पुरुष डिस्चार्ज भएका छन ।
हलसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । ७४ जिल्लाका ७ हजार २ सय २९ पुरुष र पाँच सय ६ सय १९ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
हलासम्म कोरोनालाई जितेर ११ सय ८६ जना डिस्चार्ज भएका छन । जसमध्ये १ हजार ७२ पुरुष र १ सय १४ महिला छन ।
हालसम्म १ लाख ७५ हजार ५ सय १७ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यसै गरी आरटीडी विधिबाट २ लाख ४३ हजार ७५ जनाको परिक्षण भएको छ । क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना र आइसोलेशनमा ६ हजार ६ सय ४८ जना रहेको मन्त्रालयले जनाएको छ ।
हलसम्म २२ जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ताजा समाचार




