काठमाडौं। कोरोना संक्रमणबाट थप एक महिलाको कारण मृत्यु भएको छ । बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ६ की ४६ वर्षीय महिलाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जनाकारी दिए ।
असार १ गते साझ ६ बजे उनको मृत्यु भएको थियो ।
मिर्गौलाको समस्याका कारण जेठ ३० गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन । असार १ गते उनको पीसीआर परिक्षण गर्न भेरी अस्पतला पठाइएको थियो । असार २ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
हलसम्म कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।




