काठमाडौं। बुधबार ५ सय ८६ कोरोना संक्रमित थपिएका छन । याे हालसम्मकै संक्रमित उच्च संख्या हाे । जसमध्ये ५ सय ४६ पुरुष र ४० जना महिला छन । उपचारपछि निको भएर आज ९ जना पुरुष डिस्चार्ज भएका छन ।
हलसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । ७३ जिल्लाका ६ हजार तीन सय ३८ पुरुष र पाँच सय ५ सय ३९ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
हलासम्म कोरोनालाई जितेर ११ सय ६७ जना डिस्चार्ज भएका छन । जसमध्ये १ हजार ५५ पुरुष र १ सय १२ महिला छन । हलसम्म २० जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबारसम्म नेपालमा पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ नमुना परीक्षणहरु भएका छन भने आरडीटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ परीक्षण भएका छन । क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् भने आइसोलेसनमा ५ हजार ९ सय ९० जना छन् ।




