डडेल्धुरा।परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउदले डडेल्धुरामा पिसीआर मेसिन खरिदका लागि रु पाँच लाख सहयोग गरेका छन । आफ्ना स्व दाजु दलबहादुर साउदको स्मृतिमा राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट नगरप्रमुख साउदले रु पाँच लाख दिएका हुन ।
सुदूरपश्चिममा कोरोना परीक्षण गर्ने पिसीआर मेसिन एउटा मात्र रहेकाले परीक्षणको दायरा बढाउन डडेल्धुरामा पिसीआर मेसिन खरिद गर्न लागिएको हो । डडेल्धुरामा पिसीआर मेसिन खरिद गरेर जडान गर्न थुप्रै अभियान शुरु भइरहेका छन् ।




