ताजा समाचार

क्वारेन्टिन बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्न महिला सङ्घकी अध्यक्ष रेग्मीकाे माग

काठमाडौँ।नेपाल महिला सङ्घले कैलालीको लम्कीस्थित क्वारेन्टिनमा राति सुतिरहेकी एक महिलामाथि भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । सङ्घका अध्यक्ष उमा रेग्मीले  एक विज्ञप्तिमार्फत पीडितलाई न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न तथा घटनाका दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेकी हुन । गत जेठ ३२ गते कैलालीको लम्कीस्थित क्वारेन्टिनमा राति सुतिरहेकी एक महिलालाई स्वास्थ्यकर्मी, रेखदेखका लागि खटाइएका स्वंसेवकलगायत चार जनाबाट पासविक तवरले सामूहिक बलात्कार भएको घटनाले स्तब्ध भएको सङ्घले जनाएको छ । साथै सङ्घले अव्यस्थित भएका क्वारेन्टिन महिलाका लागि हिंस्रक खाडल भएको जनाएको छ ।

अध्यक्ष रेग्मीले लकडाउनकै समयमा क्वारेन्टिनभित्र एक हजार ६८४ महिलामाथि हिंसा भएको र कतिपय हिंसाका घटना सार्वजनिक हुन नसकेको समेत उल्लेख गरेकी छन। उनले महिलामाथिका यस्ता घटना बढ्दै गइरहेको भन्दै कोरोना महामारीको यस्तो अवस्थामा नागरिकको सुरक्षा गर्न, रोग र भोकबाट बचाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएकील छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *