खेलकुद

लगातार ८ औं पटक बुडेन्स लिगाको उपाधि बायर्न म्यूनिखको पोल्टामा

एजेन्सी । बायर्न म्यूनिखले लगातार ८ औं पटक जर्मन बुडेन्स लिगाको उपाधि जितेको छ। लिग अन्तर्गत गएराति भएको खेलमा वेडर ब्रेमेनलाई १(० ले पराजित गर्दै बायर्नले दुई खेल अगावै यस सिजन उपाधिमा कब्जा जमाएको हो।

म्यूनिखले लिगमा दुई खेल बाँकी छँदै उपाधिमा कब्जा जमाएको हो । बायर्नको जितमा एकमात्र गोल रोबर्ट लेवान्डोस्कीले खेलको ४३ औं मिनेटमा गरेका थिए।
म्यूनिख मंगलबार भएको खेलमा अल्फोन्सो डेभिसले दोहोरो पहेंलो कार्ड खाएपछि १० खेलाडीमा सिमित भएको थियो। उपाधि जितेको बायर्नले लिगमा ३२ खेलमा ७६ अंक जोडेको छ।

लिगको दोस्रो स्थानमा रहेको बोरूसिया डर्टमुन्डको ३१ खेलबाट ६६ अंक छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *