ताजा समाचार

चीनसँगको झडपमा २० भारतीय सेना मारिएको पुष्टि

एजेन्सी । सोमबार राति चीन भारत सीमा नजिक लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले पुष्टि गरेको छ ।
भारतीय सेनाको मंगलबार रातिको वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको बीबीसीले जनाएको छ । उक्त भीडन्तमा चीन तर्फ पनि हताहती भएको भारतले दाकी गरेको छ । उसको चीनल् भने पुष्टि गरेको छैन ।

भारतीय सेनाको वक्तव्यमा भनिएको छ, ‘भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै पक्षबीच १५-१६ जुनको रातमा भिडन्त भएको थियो।भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ।’

मङ्गलवार दिउँसो भारतले गलवान क्षेत्रमा भएको भिडन्तमा सेनाका एक वरिष्ठ अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको पुष्टि गरेको थियो। यो सँगै उक्त झडपमा मारिने भारतीय सैनिकको संख्या २० पुगेको हो ।

तर उक्त घटनामा गोली नचलेको भारतीय सेनाले दाबी गरेको छ भने चीनले पनि यसको पुष्टि गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर ‘चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको’ बताएको समाचारमा जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *