ताजा समाचार

दोलखामा केन्द्रविन्दु बनाई भूकम्प

काठमाडौं । दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ ।

आज बिहान ९ः५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए । उनका अनुसार विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केल) पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *