उदयपुर।असार लागेसंगै उदयपुरमा बाढी,पहिरो, कटान र तोपानकाे चिन्ताले त्राहिमाम बनेका छन । गत बर्ष असारको अन्तिम साता परेको अबिरल बर्षाले १ दर्जन बढिको ज्यान लिएको थियो भने ६० भन्दा बढि घरपरिवार बिस्तापित भए । सयौ बिगामा लगाएको धान र मकै बालि बाढिले कटान र तोपान गर्यो ।
चौदण्डीगढी नगरपालिका – ५ बेल्हा , खेराटोल , नडेवा ,ढेलाचौरी का २५ घर परिवार बाढिका कारण बिस्तापित भए । ४ नं बस्ने एक जनाको ज्यान गयो ।
पाँचौं पटकसम्म म्याद थप र ११ बर्ष बित्दा समेत सम्पन्न नभएको त्रियुगा नदीमा निर्माणाधिन पुलको स्लाप पिल्लर निर्माणका लागि लगाइएको ड्याम र बाँधका कारण ती परिवारको बिस्तापित भएको स्थानियको आक्रोस छ ।
यस बर्ष समेत पुलको निर्माणकार्य गर्न लगाइएकाे ड्याम तथा बाँध हटाइयन । त्रियुगाले सााना साना भेलबाटै बस्ति र जमिन तर्फ धार परिबर्तन गरेको छ । बेल्हि , खेराटोल , नडेवा , ढेलाचौरीकाली खोला , आम्बासीजस्ता आधा दर्जन गाउँ का ८० घरपरिवार उच्च जोखिममा रहेेका छन ।
त्रियुगा नदि शिवाई पुल रेखदेखको जिम्मा पाएको दिक्तेल सडक आयोजना, गाईघाट पुल निर्माण कम्पनि महालक्ष्मी / लोकप्रिय जेबि कन्ट्रक्सन ले बर्षाद नभए असार सम्मै काम हुने बताए पनि लकडाउनको बहाना बाजीमा चैत्रको पहिलो सााता देखि निर्माण कार्य बन्द गरेर पुल निर्माणका सामाग्रि र कच्चा पदार्थ गोदाम गरिसके स्थानीय जनप्रतिनिधिहरु बताउछन ।
त्रियुगा नदिकै कारण गत बर्ष त्रियुगा नगरपालिकाको – १ ,२ , ३ , ४ , ५ ,६ ७ ,८ र ९ चौदण्डीगढीको – ४ ,५ ,९ र १० बेलका नगरपालिकाको १ र २ लाई क्षति पुर्याएको थियो नदि नियन्त्रणको जिम्मा पाएको खाँडो खोला नियन्त्रण अयोजनाले समयमै काम संचालन गर्न सकेको छैन । केही ठेक्का र केही उपभोक्ता समितिबाट कार्य संचालन भए पनि काममा सुस्तता हुने देखिएको आयोजना प्रमुख रेवाकान्त यादबले जानकारी दिए ।
लिम्चुङबुङ , रौतामाई , ताप्लि र उदयपुरगढी गाऊपालिका समेत पहिरोको उच्च जोखिममा रहेका छन ।




