एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। उनले आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिक एमएस धोनीः द अनटोल्ड स्टोरीमा मुख्य भूमिका निभाएका थिए।
भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिक एमएस धोनीः द अनटोल्ड स्टोरी बाट चर्चामा आएका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।
३४ वर्षीय राजपुतले पछिल्लो समय ‘केदारनाथ’ फिल्ममा अभिनय गरेका थिए।




