ताजा समाचार

देशमा व्यप्त बेथीती विरूद्ध बाह्रबिसेमा स्वतः स्फुर्त आन्दोलनमा निस्किए युवा

बाह्रबिसे । बाह्रबिसेमा स्थानिय युवाहरूले बाह्रबिसे बजारको भाटेकोशि पुलमा भ्रष्टाचार, पीसीआर र आरडी परिक्षण र कर लगायतको विभिन्न बिषयमा सरकारको बिरोधि गरेका छन् । देशभरि स्वतःस्फुर्त भेला भई बेला बाह्रबिसेमा पनि सामाजिक दुरी कायम राख्दै विभिन्न नारा लेखिएको व्यानर बोकि बजारमा ३० मिनेट विरोध गरिएको हो ।

बिरोधमा निस्किएको युवाहरूले अब जनता चुप लागेमा देश सकिने भएकोले अब चरण बद् सरकारको ज्याजति विरूद्व आवाज उठाउने एक युवा राजेश श्रेष्ठले जानकारी गराए। देशभरि युवाहरू भष्ट्रचारको विरूद्व लड्न सबै ठाउँ ठाउँ गाउँ गाउँ बाट आन्दोलन गर्ने क्रममा बाह्रबिसे बाजारमा पनि गरिएको हो । र अब भोलि पनि फरक ढंगको बिरोध गर्ने निकेस श्रेष्ठले बताए । आज स्वतः उपस्थित भएका ३० (४० जना युवाहरूले विरोध जनाएको र भोलिको दिनमा समाजिक संजालमा आह्वान गरि अझ आन्दोलनको स्वरुप बढाउने पवन श्रेष्ठले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *