ताजा समाचार

सबै एक ढिक्का छौँः प्रमुख प्रतिपक्ष कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको सम्पूर्ण नक्शालाई समेटेर नयाँ नक्शा ल्याइएको र सोहीअनुसार संविधान संशोधनका पक्षमा आफ्नो दलले एक ढिक्का भएर मतदान गर्ने जानकारी दिए । उनले नेपाल र भारतसँगको खुला सीमा दुवै देशको महत्वपूर्ण परिचायक भएको उल्लेख गर्दै नेपालले भारत र चीनको द्रुत विकासबाट नेपालको विकासमा लाभ लिन सक्नुपर्ने बताए।

सोही पार्टीका प्रकाशमान सिंहले राष्ट्रियताका सवालमा जस्तोसुकै अवस्थामा पनि काँग्रेसले समर्थन गर्दै आएको उल्लेख गर्दै १८१६ को सुगौली सन्धिका आधारमा कालापानी, लिकपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको प्रमाण अकाट्य रहेकाले परिपक्व वार्ताबाट भूमि फिर्ता गर्न माग गरे ।
काँग्रेसकै डा मीनेन्द्रप्रसाद रिजालले यथेष्ट प्रमाण जुटाएर वार्ताका माध्यमबाट नेपालको भूमि व्यावहारिक रुपमै फिर्ता लिनुपर्ने बताए। सोही दलका दिलेन्द्रप्रसाद बडुले नक्शासँगै सरकारले नेपालको क्षेत्रफल पनि सार्वजनिक गर्नुपर्ने थियो भने ।
सोही दलका ज्ञानेन्द्रबहादुर कार्कीले उच्च राजनीतिक एवं कूटनीतिक माध्यमबाट नेपालको भूमि फिर्ता लिने सामथ्र्य सरकारले राख्नुपर्छ भन्दै त्यसका लागि आफ्नो पार्टीको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
काँग्रेसका देवेन्द्रराज कँडेलले भारतले लिएको नेपालको जमीन फिर्ता लिनका लागि नक्शा सार्वजनिक गर्दै संविधान संशोधन गर्नु नेपालको इतिहासमा ऐतिहासिक सफलता हो भने । सोही पार्टीका डा अमरेशकुमार सिंहले जतिसक्दो चाँडो नेपालको जमीन फिर्ता लिनका लागि सरकारले कूटनीतिक पहल चाल्नुपर्ने र त्यसका लागि आफ्नो पार्टीको पूर्ण समर्थन हुने बताए । बैठकमा काँग्रेसका उमा रेग्मी, रामबहादुर विष्टलगायतले पनि धारणा राखेका

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *