नेपालस् विश्वको दुई ठुला बढी जनसंख्या भएका देशहरूको बिचमा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र हो । यो हिमालयमा अवस्थित छ र उत्तरमा चीनको गणतन्त्र, र दक्षिण, पूर्व र पश्चिममा भारतीय गणतन्त्रले सीमाना लगाएको छ। प्राय : नेपालमा सम्पूर्ण सिमाहरु पहाडी जिल्लाले गाँसिएको छ। त्यसैले गर्दापनि प्राय सम्पूर्ण बोर्डरमा मानव बस्तीको बसोबास देखिन्न।सिमा भनेको के हो? सामान्यता यस्ता रेखा जसले दुई देशका सीमालाई प्रशासनिक प्रभाग, वा अन्य क्षेत्रहरूलाई छुट्ट्याउने काय गदछ त्यस्तो रेखालाई सिमा भनिन्छ। कुनै पनि देशको राष्ट्रियता, सार्वभौमसत्ता जोगाउन यसले मुख्य भूमिका खेलेको हुन्छ। विश्वका विभिन्न देशकाबीच सम्बन्ध बिग्रनुको कारण पनि सीमानालाई लिइन्छ।उदाहरणको रुपमा भखरै मेकसिको -अमेरिका बोडर। यी दुई देशको बीच सम्बन्ध बिग्रिनुको कारण पनि सिमालाई लिइन्छ।जसले गदा अमेरिकी सरकारले अमेरिका र मेक्सिको सिमानामा भित्ता हाल्ने निर्णय समेत बाहिर आएको पाइन्छ। त्यसैले देशको कूटनीतिक सम्बन्ध देखि लिएर देशको आर्थिक , प्रशासनिक, रक्षात्मक कार्यमा बोडर सुरक्षाको एकदमै ठूलो भूमिका हुन्छ भन्ने कुरा प्रष्ट पार्दछ। सिमा सुरक्षा भनेको के हो? आफ्नो सीमालाई अवैध हातहतियार लागूऔषधि प्रतिबन्धित व्यक्तिहरुलाई प्रतिबन्ध लगाउन तथा देशलाई आर्थिक समृद्धिमा वृद्धि गर्न र देशको राष्ट्रियता सार्वभौमसत्ता जोगाउन गरिने कार्यलाई सीमासुरक्षा भनिन्छ।
सीमा सुरक्षाको महत्व:-
- देशको सार्वभौमसत्ताको रक्षा गर्न,
- देशमा शान्ति कायम गर्न,
- देशमा हुने अमर्यादित कार्य ९मानव बेचबिखन वन्यजन्तु
तस्करी आदि रोक्न रोकथाम गर्न,
- अपराधीक घटना रोक्न,
- अप्रवासी मानिसको आवतजावत रोकथाम गर्न,
सीमा सुरक्षामा आवश्यकता:-
आतंकवादक,अपराधिक क्रियाकलाप, हातहतियार ओसारपसार आदि खतराका कारण सीमा सुरक्षाको अवधारणा धेरै विकसित भएको छ।कुनैपनि राष्ट्रको सार्वभौमसत्ता ,राष्ट्रियता जोगाउन सीमा सुरक्षाले अत्यन्तै ठूलो भूमिका खेलेको हुन्छ।यसले ड्रग्स, हतियार, र प्रतिबन्धको गैरकानुनी आन्दोलनबाट राज्यहरूलाई पनि सुरक्षा दिन्छ। सीमा सुरक्षा राष्ट्रिय सुरक्षाको एक महत्वपूर्ण अङ्ग हो। अर्थात यदि कुन देशमा सीमा सुरक्षामा विवाद छ भने त्यहाँ तनावपुर्ण स्थिती सृजना हुनु स्वभाविक कुरा हो। उदाहरणको रुपमा भारत,पाकिस्तान सिमा। यी दुई देशबीच पटकपटक भइरहेको हिंसात्मक आक्रमणको कारणपनि सिमा विवादलाई लिन्छ। जसले गर्दा प्राय त्यहाँ तनावपुर्ण स्थिती देखिने गरिन्छ।उत्तर-दक्षिण कोरिया सीमामा पनि त्यस्तै स्थिति देखिन्छ। यसबाट पुष्टि गर्न सकिन्छ कि कुनैपनि राष्ट्रमा शान्तिपूर्ण वातावरण, राष्ट्रको अस्मिता,सार्वभौमसत्ता, राष्ट्रियता आदि जोगाउन सीमा सुरक्षा को आवश्यकता पर्दछ।
नेपालको सन्दर्भमा सीमा सुरक्षाको व्यवस्था:-
उत्तरी भागमा चीन र पूर्वी भागमा पूर्व , पश्चिम दक्षिण भारतसँग जोडिएको सिमाना नेपालको छ। नेपालको सीमा सुरक्षा हेर्ने जिम्मा नेपाल सरकार गृहमन्त्रालय अन्तरगत पने सशस्त्र प्रहरी बलको हो। मुख्यत सशस्त्र प्रहरीले सीमा सुरक्षा हेर्ने गृहकार्य कार्य गर्छ। चीनसँगका गाँसिएका उत्तरी सिमानामा प्राय नेपालको पहाडी भूभागले छोएको छ भने भारतसँग जोडिएको प्रायस् खुला सिमाना रहेको पाइन्छ।
नेपालमा सीमा सुरक्षाको चुनौती:-
- अवैध तस्करी,
- मानव बेचबिखन,
- अपराधिक क्रियाकलाप,
- हातहतियार ओसारपसार आदि।
हामी कसरी सीमा सुरक्षामा अधिक कडा बनाउन सक्छौं ?
पटकपटक भइरहेको सीमा अतिक्रमण मानव तस्करी आदिबाट अब हामीले सिक्नुपर्ने आवशयक देखिन्छ। भर्खर उब्जिएको कालापानी लिपुलेक घटनाक्रमले हाम्रो देशको सार्वभौमसत्ता राष्ट्रियता कमजोर बनाउने कार्य भएको देखिन्छ। एक्काइसौं शताब्दी अर्थात विज्ञान तथा प्रविधिबाट सिक्ने कुरा धेरै छ। उदाहरणको रुपमा धेरै कुरा हामीले अरु विकसित देशले आफ्नो सुरक्षा कसरी अपनाएको छ बाट पनि सिक्न सकिन्छ।हामीले सुन्दै आएको देश Irasel अथात पश्चिमी एसियाको एक देश जुन दक्षिणपूर्वी तत्मा अवस्थित छ।यसको उत्तरमा लेबनान, पूर्वोत्तर सिरिया, पूर्वमा जोडन ,पश्चिममा किनार र गाजा पटिको प्यालेस्टाइन क्षेक्रहरू त्रमशः पूर्वपक्ष, पश्चिम र दक्षिण मा Egypt भुमिरहेको छ। चारैतिर मुसलिम बाहुल्य देशहरूले घेरिएको मुलुक जसले आफ्नो सीमा सुरक्षाको कारणले गर्दा विश्वसामु उदाहरण पेश गरेको पाइन्छ। इजरायलले आफ्नो सीमा सुरक्षामा अत्याधिक प्रविधीको प्रयोग गरेको पाइन्छ। अर्थात इजरेलले आफ्नो सिमाको सुरक्षामा रोबोगाड प्रयोग गरेको पाइन्छ। रोबोगाड सेन्सर प्रणाली Rechargable battery बाट चल्छ। र घन्टौंसम्म यसले सीमामा आवतजावत गरेको दृश्य कन्ट्रोल रूम सम्म पुर्याउँछ। यसमा जडित विघि सुरक्षा अलामको कार्य गर्छ जसले गर्दा यदि सीमामा कोई कसैको आवतजावत हुँदा अलाम बज्ने बितिकै सुरक्षा निकायलाई जानकारी हुन्छ र त्यहाँ तुरुन्तै सुरक्षा निकायले कारबाही गर्छ। नेपालमा प्राय खुला सिमाना भएकोले हामीले पनि यसलाई झन् सुरक्षित गर्न प्रविधि प्रयोगमा ध्यान दिनुपर्दछ र हामीले पनि नेपालको सीमा सुरक्षा झनै कडा बनाउन निम्न विधि प्रयोग गर्न सकछौं।
ड्रोनको प्रयोग:-
प्रायस् हाम्रो खुला सिमाना भएकाले हाम्रो देशमा दैनिक हजार मानिस आवतजावत गरेको हुन्छ।हामीले एकएकको जाँच गर्न पनि सम्भव देखिँदैन।त्यसमा पनि कतिपय जिल्ला पहाडी भूभागले जोडिएकोले त्यसमा सुरक्षा फौज राख्न पनि चुनौती देखिन्छ।त्यस अवस्थामा हामीले प्रविधिको सहयोग लिन सक्छौं। सीमा सुरक्षामा मानिसको अनुहार, गतिविधि, व्यक्ति तचबअप गर्नसक्छ र जसलाई भिडियोमार्फत सीमाको गतिविधि निहार्न सजिलो गर्छ।थर्मल डिटेमेसन क्यामेराको साथमा लगाइएको ड्रोन स्थिर भिडियो क्यामेराको तुलनामा पहाडी भूभागहरूको माध्यमबाट अवैध सीमा पार गर्ने प्रयास जस्ता अनियमित गतिविधिहरू र्ट्याक गर्नको लागि धेरै उत्कृष्ट छ।२००-३०० फिट र माथिको उचाइमा उडान गर्न ड्रोनले जमिन को विस्तृत जानकारी दिन र गतिविधि पता लगाउन सक्छ।प्रायस्ड्रोनहरु अधिक समय सम्म प्रयोग गर्न मिल्ने र जोखिमपूर्ण ठाउँमा पठाउन मिल्ने प्रविधि हो।र यसले हाम्रो जस्तो खुल्ला सिमाना भएको देशमा मुख्य भूमिका खेल्न सक्छ।
फाइदा:-
- कम खर्चिलो,
- सजिलैसँग प्रयोग गर्न मिल्ने,
- एक ठाउँबाट अर्को ठाउँ लान सजिलै गरी मिल्ने।
ग्रोउन्द सेन्सोर फोर बोर्देर :-
यस विधिद्वारा सीमामा आवतजावत हुने मानवीय पाइलाहरु को पत्ता लगाई आफ्नो जानकारी सम्बन्धित सुरक्षा निकाय सम्म पूर्ण सहयोग गर्छ। मुख्यतस् यस विधिले मध्यरातमा हुने तस्करी, आपराधिक घटना रोकथाम गर्न भूमिका खेल्न सक्छ। नेपालका तराइका जिल्लाहरूमा अवस्थित सीमामा यस विधीको प्रयोग गर्न सकिन्छ।
satellite को माध्यमबाट सीमामा निगरानी:-
नेपालमा नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री केपी ओलीद्वारा सञ्चालित “digital nepal framework”ले नेपाल प्रविधिको युगमा प्रवेश गरेको पाइन्छ। प्रविधियुगसँगै हामीले हाम्रो सीमासुरक्षा देखि राष्ट्रिय सुरक्षा सम्म प्रविधिमैत्री गर्नुपर्छ।अर्थात हामीले अत्याधुनिक प्रविधिको प्रयोग आफ्नो सीमा सुरक्षा जोगाउन गर्नुपर्छ। नेपालको पहाडी तथा हिमाली जिल्लाहरुमा रहेको कतिपय सीमाहरु मानवबस्ती समेत बस्न कठिन तथा चुनौतीपूर्ण अवस्था रहेको हुन्छ। त्यस अवस्थामा हामीले satellite को माध्यमबाट त्यस क्षेत्रको नियन्त्रण गर्न सक्छौं। विश्वका प्रायस् विकसित देशहरूले सीमा सुरक्षामा satellite बाट निगरानी गरिरहेको हुन्छ।
फाइदास्:-
- ग्लोबल उपलब्धता,
- उच्च विश्वसनीयता,
- उत्कृष्ट प्रदर्शन,
- छिटो संचार आदि।
बेफाइदा:-
- अत्याधिक महँगो,
- सञ्चालन गर्न गाह्रो हुने।
तालिम प्राप्त कुकुरको प्रयोग:-
नेपालमा पटक पटक भइरहेको वन्यजन्तु तस्करी, लागू ओषघि कारोबार आदि कार्य रोकथाम गर्न यसको प्रयोग गर्न सकिन्छ।यो एकदमै सस्तो र भरपर्दो हुनछ। प्राय तराइका खुला सिमाना बाट हुने गरेको त्यस्तो तस्करीमा यसले महत्वपूर्ण भूमिका खेलन सक्छ र यो कम झन्झटिलो हुनछ।
सीमामा जासुसीको तैनाती:-
प्रत्येक राष्ट्रको सुरक्षामा त्यस राष्ट्रको खुफियाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।उदाहरणको रुपमामा इजरेलमा पटकपटक भइरहेको घुसपैठले त्यहाँको सरकारले सीमा सुरक्षामा आफ्ना खुफिया एजेन्सी मोसादलाई निगरानी राख्ने जिम्मा दियो र हालसम्म त्यहाँको सीमाक्षेत्रमा कुनैपनि हिंसात्मक स्थिति सृजना भएको देखिँदैन। त्यसबाट पनि खुफियाको भूमिका पुष्टि हुन्छ। त्यसैले हामीलेपनि आफ्नो सीमा सुरक्षामा खुफियालाई निगरानी राख्ने जिम्मा दिनुपर्छ।
निष्कर्ष:-
कुनै पनि राष्ट्रको लागि आफ्नो मातृभुमि अति पयारो हुन्छ चाहे राष्ट्र सानो होस कि ठुलो।यदि कुनै राष्ट्रले त्यस राष्ट्रको भूमि सीमा सुरक्षा अतिक्रमण गर्न खोज्दा त्यस राष्ट्रको राष्ट्रियता ,सार्वभौमसत्ता आदिमा प्रश्न ऊठनसक्छ? त्यसैले त्यस्ता कार्य रोकथाम गर्न प्रविधियुक्त सीमा सुरक्षाको आवश्यकता पर्छ जसले देशको सार्वभौमसत्ता, राष्ट्रियता आदि बचाउन सकोस्।
इ.कुमार अभिन(लेखक साइबर सुरक्षा विश्लेषक हुन्।
Email id :[email protected]




