कोशी प्रदेश

११ बर्ष बित्दा समेत बनेन त्रियुगा नदीमा पुल

उदयपुर। कोरोना भाइरस,लकडाउनको बाहाना बाजि देखाउदै पाचौं पटक थपिएको म्याद चैतमा सकिदा पनि चौदण्डीगढी नगरपालिका – ५ शिबाइ स्थित त्रियुगा नदीमा पक्कि पुल बन्न सकेन। ११ बर्ष  अगाडिदेखि सुरु गरिएको पुल पटकपटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन ।
 २०६६/६७ साल मा तत्कालिन  आवास तथा भौतिकयोजना र यातायत मन्त्री बिजयकुमार गच्छदारले सिलान्यास गरेका थिए । ११ बर्षदेखि निर्माणकार्य हुँदै आएको पुल अन्तिम पटक २०७६ चैत २० गते नै सकिएको हो । दशकौ बित्दा समेत म्याद थप्दैै झारो टार्ने बिकल्पमा केही काम नभएकोमा स्थानियको आाक्रोस रहेको छ ।
  समयमै पुल निर्माण नहुदा उदयपुरको प्रमुख ब्यापारी केन्द्र मध्येको बेलटार बजार र यसका आासपास खोटाङ , चिसापानी , सिम्पानी भोजपुरका  आमचोक , रामप्रसाद राई गाउँपालिका र सप्तरीको कन्चनपुर, फत्तेपुर समेतलाइ असर परेको छ ।
सरकारी उदासिनता , ठेकेदारको चरम लापरबाही पुल निर्माणका भएको स्थानीय जनप्रतिनिधि को गुनासो रहेको छ ।
 २०६६/६७ मा   ९ करोड ९५ लाख भ्याट बाहेक लागतमा  २०७०/७१ मा निर्माण सम्पन्न गर्ने गरि महालक्ष्मि / लोक प्रिय जेबि कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको हो ।
  पाचौं पटक म्याद थपमा समेत सम्पन्न नभए पछि १ कराेड जरिवानामध्ये ६९ लाख असुल गरिएको  आयोजनाले बताएको छ । जमिन माथीको स्टक्चर सम्पन्न गर्न पत्रचार गरियको  आयोजना प्रमुखले बताए । पुल निर्मााणको ८५प्रतिसत काम सम्पन्न भनिए पनि २ पिल्लर स्पान , तटबन्ध लगायतका काम बाकि रहेको छ । यश बर्ष पुल निरमाण सम्पन्न हुनेमा स्थानिय ढुक्क थिए तर गत बर्ष झै जोखिम उठाएर डुङ्गामा कष्टकर ढङ्गले वारपार गर्न बनध्य हुनु पर्ने मा चिन्तित बनेका छन ।
  मदन भण्डारी लोक मार्ग खण्डकाे लामा खोलामा पुल निर्माण र यो पुफ निमार्णमा बर्षौ बित्दा  उत्तरी  भेगका सर्बसाधारणलाइ अौषधो उपचार ,मुलुकका विभिन्न स्थानमा जान समस्या झेल्नु परेको छ ।
 उता निर्माण पक्षले भने पुलको नक्सा ईष्टिमेट फेर्नु पर्दा पिल्लरमा ठुला लकडी , कोरोना भाइरस लकडाउन को बहनाबाजी देखाएको छ ।
                                                 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *